प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, धनकुटा

धनकुटा, कोशी प्रदेश

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

हाइलाइट

वन स्रोत धनकुटा जिल्लाको महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जिल्लाको झण्डै आधा भाग ४२.८४ प्रतिशत (३८,३५५.५ हेक्टर) ढाकेको वन क्षेत्रले पर्यावरणीय सुरक्षा, सांस्कृतिक, सामाजिक र आर्थिक समुन्नतिमा समेत योगदान पु¥याएको छ । जिल्लाको समग्र वन क्षेत्रको दिगो व्यवस्थापनबाट हरित अर्थतन्त्र निर्माण, रोजगारीको अवसरहरुको श्रृजना, पर्यापर्यटनमा टेवा, कार्बन संचिति, जैविक विविधता र जलाधार जस्ता पारिस्थिकीय सेवाहरु अभिबृद्धि गरी स्थानीय तथा राष्ट्रिय समृद्धि प्राप्तिको लक्ष्यमा वन क्षेत्रको समग्र योगदान बढाउनु पर्ने आवश्यकता रहेको छ । यस परिप्रेक्ष्यमा यस जिल्लाको वन क्षेत्रको दिगो संरक्षण, सम्बर्द्धन तथा विकास गर्नको लागि सरोकारवालाहरु बीच समन्वय र सहकार्यलाई जोड दिई विभिन्न कार्यक्रमहरु सञ्चालन गरिदै आएको छ ।यस जिल्लामा मुख्य रुपमा  सहभागितामुलक वन व्यवस्थापन पद्धतिबाट राष्टिय वनक्षेत्रको व्यवस्थापन भईरहेको साथै निजी स्तरमा व्यवसायिक रूपमा निजी वन धनीहरूवाट निजी वनको व्यवस्थापनलाइ प्रोत्साहन गरिएको छ ।  

यस धनकुटा जिल्लामा ३  नगरपालिका र ४ गाउँपालिका गरी जम्मा ७ वटा गाउँपालिका र नगरपालिका कायम भएको छ । समुद्रसतहबाट जिल्लाको भू-धरातल १२० मिटरदेखि २,७०२ मिटर सम्मको उचाईमा अवस्थित छ । विश्व मानचित्रमा धनकुटा जिल्ला २६ डिग्री ५३ मिनेटदेखि २७ डिग्री १९ मिनेट उत्तर अक्षांश र ८७ डिग्री ८ मिनेटदेखि ८७ डिग्री ३३ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । धनकुटा जिल्ला  मध्यपहाडी प्रदेशमा अवस्थित जिल्ला हो जसको ज्यादै सानो भाग करिब ०.१% शिवालिक क्षेत्रमा रहेको छ।

कूल ३६,७७९ हेक्टर वन रहेको यस जिल्लामा कूल ३८७ वटा सामुदायिक वन दर्ता भई २९,८४५.६५ हेक्टर वन व्यवस्थापन हुँदै आएको छ। यसका साथै ३ वटा धार्मिक वन (३०.४१ हेक्टर) तथा ६३ वटा निजी वन (८९.५७ हेक्टर) दर्ता भएका छन्। सरकारद्वारा व्यवस्थित वनमध्ये सल्लेरी राष्ट्रिय वनको ४३.७३ हेक्टर क्षेत्र वन संवर्द्धन पद्दतिमा आधारित रही व्यवस्थापन हुँदै आएको छ।