निजी वन
यसमा निजी वन वा निजी नम्बरी जग्गामा रुख विरुवा भएका व्यक्तिले वन ऐन, २०७६ तथा वन नियमावली, २०७९ को अधिनमा रहि तोकिएको कानुनी प्रकृया पूरा गरी आफू खुशी उपभोग एवं विक्री वितरण गर्न सकिनेछ। यसलाई आगामी कार्य योजना अबधि भर निरन्तरता दिईने छ। यस जिल्लाका नागरीकहरु बसाईसराई बड्दो क्रममा रहेकोले बाँझो जग्गामा उत्तीस लगायतका विरुवाहरुको बृद्धि भईरहेको छ। जिल्लामा प्रशस्त संख्या र क्षेत्रफलमा निजी वन भएतापनि प्रचारप्रसारको कमी र निजी वन दर्ता गर्ने किसानहरुलाई वन कार्यालय तथा अन्य निकायबाट थप सुविधा उपलब्ध हुन नसकेर यसको दर्ता संख्या अत्यन्त कम भएको छ। जिल्लामा हालसम्म ६३ गोटा निजी वन दर्ता भएका छन्। योजना अवधिमा प्रचारप्रसारमा जोड दिई स्थानीय तहको सहकार्यमा थप निजी वन दर्ता गरिनेछन्।
डिभिजन वन कार्यालयवाट प्रत्येक वर्ष लाखौको संख्यामा निजी क्षेत्रमा निःशुल्क विरुवा वितरण गरिए तापनि हालसम्म तिनको अवस्थाको वारेमा औपचारिक रुपमा अनुगमन गरी तथ्य प्रकाशमा आएको छैन। योजना अवधिमा सो कार्य समेत गरिनेछ। राष्ट्रिय वन विकास कार्यक्रम, सामुदायिक वन विकास कार्यक्रम अन्तर्गत विभिन्न प्रजातीका विरुवा उत्पादन र वितरणका लक्ष्य यस कार्ययोजनाले लिएको छ। निजी वन व्यवस्थापनको लागि तपसिलमा उल्लेखित क्रियाकलापका लागि प्राविधिक सहयोग उपलब्ध गराईनेछ।
- बीउ/बीजन/विरुवाको पहिचान, संकलन तथा प्रजातिको पहिचान
- नर्सरी व्यवस्थापन
- निजी वन स्थापना गर्ने क्षेत्र सर्भेक्षण तथा प्रजातिको पहिचान
- निजी वृक्षारोपण, पुनःरोपण, गोडमेल तथा सम्वर्द्धन
- रोग किरा निदान
- कृषि वन प्रणाली प्रवर्द्धन
- निजी वनको रुख कटान तथा अन्य वन पैदावारको सदुपयोग
- निजी वनको स्रोत सर्वेक्षण तथा मूल्याङ्कन
- वन पैदावारको बजार पहिचान, व्यवस्थापन तथा मूल्याङ्कन
- अन्य आवश्यक प्राविधिक सहयोग