लक्ष्य
वनको सहभागितामूलक वैज्ञानिक व्यवस्थापन गरी वन पैदावारको दिगो तथा सततः उत्पादन र आपूर्ति गरी स्थानीय आवश्यकताको सहज परिपूर्ति साथै वन श्रोतको बिक्री वितरणबाट स्थानीय एवं राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनु यस कार्यालयको मुल लक्ष्य रहेको छ ।
उद्देश्य
- वनको दिगो व्यवस्थापन मार्फत वन क्षेत्रको उत्पादकत्व वृद्धि गरी स्थानीय रुपमा वन पैदावारको आवश्यकताको परिपूर्ती र बाँकी वन पैदावारको विक्रिबाट स्थानिय समुदायको आयआर्जनमा र राजश्वमा योगदान पुर्याउने ।
- स्थानीय समुदायको माग र क्षमता अनुसार ती समुदायका सबै वर्ग, लिङ्ग, जातीहरुको सहभागितामा वन व्यवस्थापन गरि गरिबी न्यूनिकरणमा टेवा पुर्याउनु ।
- जिल्लाका सबै खाले वन क्षेत्रको व्यवस्थापन गरी पारिस्थितिकीय प्रणालीको साथै जैविक विविधताको संरक्षणमा टेवा पुर्याउने ।
- स्थानीय वन पैदावारमा आधारित उद्यमहरुलाई बढावा दिन आवश्यक कच्चा पदार्थ सहज रुपमा आपूर्ति गरि रोजगारी तथा आर्थिक उपार्जनमा मद्दत पुर्याउने ।
- जलवायु परिवर्तनका कारणले उत्पन्न हुन सक्ने संभावित जोखिमको आँकलन गरी आवश्यक र उपयुक्त अनुकूलन एवम् जोखिम व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने ।