यस जिल्लामा कुल राष्ट्रिय वनको करिब ७४% वन क्षेत्र सामुदायिक वनको रुपमा हस्तान्तरण भएको छ। यस कार्यक्रमबाट वनको संरक्षण, सम्वर्द्धन, व्यवस्थापन र विकास कार्यमा महिला, दलित, जनजाति तथा विपन्न वर्गको सहभागितामा समेत क्रमशः वृद्धि हुनुका साथै विभिन्न किसिमका आयआर्जनका क्रियाकलापहरु जस्तै : नेपाली कागज उत्पादन, बाँस निगालोको सरसामानहरु निर्माण, जडीबुटी तथा गैह्रकाष्ठ वन पैदावार आदि कार्यक्रमहरुमा जनचासो बढ्दै गएको देखिन्छ । यस जिल्लामा आ.व. २०७९/८० सम्ममा ३८७ वटा उपभोक्ता समूहलाई २९,३६५ हे. राष्ट्रिय वन सामूदायिक वनको रुपमा हस्तान्तरण भएका छन्। यस अन्तर्गत ४५५७० घरधुरीहरु (जिल्लाको कुल जम्मा ३७६१६ भन्दा बढी रहेको छ । एकभन्दा बढी पायक पर्ने सामुदायिक वनमा आवद्ध हुने भएकोले यस्तो सम्भव भएको) लाभान्वित भएका छन्।