धार्मिक वन
डिभिजनल वन अधिकृतले परापूर्व कालदेखिको धार्मिक स्थान र त्यसको वरिपरिको वनको संरक्षणका लागि प्रचलित कानून बमोजिम स्थापित कुनै धार्मिक निकाय, समूह वा समुदायलाई उक्त क्षेत्र वरिपरिको राष्ट्रिय वन धार्मिक वनको रुपमा संरक्षणको लागि हस्तान्तरण गर्न सक्ने कान्नुनी प्रावधान रहेको छ। उक्त क्षेत्रको महत्व र सौन्दर्य वढाउने उद्धेश्यले धार्मिक वनको रुपमा हस्तान्तरण गरिन्छ। यस जिल्लामा हालसम्म ३ वटा धार्मिक समूहलाई धार्मिक प्रयोजनको लागी धार्मिक वनको रुपमा राष्ट्रिय वन हस्तान्तरण गरिएको छ। हस्तान्तरित धार्मिक वनको क्षेत्रफल ३०.४१८ हे. रहेको छ।